काठमाडौं, ३ असोज । अहिले देशका धेरै ठाउँमा घाम लागेको छ । भारतको उत्तर प्रदेशमा बनेको मनसुनको न्यून चापीय क्षेत्र कमजोर भएकाले देशका धेरै ठाउँमा घाम लागेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रणाली कमजोर भएसँगै हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना छैन ।
तर, आज दिउँसो पछि भने मधेस प्रदेश र प्रदेश(१ का एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ र मधेस प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्