काठमाडौं, ३ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ।
आज नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले आयोगमा बन्दसूची बुझाउने भएका छन्।आयोगले तोकेको पहिलो दिन आइतबार दुई दलले मात्रै बन्दसूची बुझाएका थिए। आइतबार नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए।













प्रतिक्रिया दिनुहोस्