काठमाडौं, असोज ३ । नेकपा एमालेको नेता भीम रावलले स्वार्थको वलिवेदीमा देश र जनताको भविष्य डढाउने कृत्य बन्द होस भन्ने कामना गर्नुभएको छ । गठबन्धनले मुलुकलाई बर्वादीतिर लगिरहेको तथ्य औल्याउँदै नेता रावलले संबिधान दिवसको अवसरमा यस्तो शुभकामना दिनुभएको हो ।
‘नेपालको संविधान जारी भएको ७ वर्ष पुगेको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना !, रावलले भन्नुभएको छ,
देशको स्वाधीनता, अखण्डता, स्वाभिमान र हितको अभिवृध्दि एवं सुशासन र समृध्दिका लागि समर्पित हुने सदबुद्धि राज्य चलाउनेहरूमा पलाओस !स्वार्थको वलिवेदीमा देश र जनताको भविष्य डढाउने कृत्य बन्द होस !’













प्रतिक्रिया दिनुहोस्