जनता टाइम्स

३ आश्विन २०७९, सोमबार १७:२३

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची


काठमाडौं, असोज ३ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

नेमकिपा नेता प्रेम सुवालले सोमबार अपरान्ह आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउनु भएको हो ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।