जनता टाइम्स

५ आश्विन २०७९, बुधबार १२:०७

आचारसंहिता मिच्दै टेलिभिजनले खोल्यो कार्यकर्ता भर्तीकेन्द्र, परीक्षाबिनै सिधै नियुक्तिको खेल


काठमाडौं, असोज ५ । नेपाल टेलिभिजनले निर्वाचन आचारसंहिता मिच्दै कार्यकर्ता भर्तिकेन्द्र गर्न लागेको छ ।

समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गर्दै बिना परीक्षा कार्यकर्ता भर्ति गर्न टेलिभिजन नेतृत्व लागेको हो । सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएको छ ।

उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्रथामिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

१० असोजभित्र आवश्यक कागज जागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएको छ

दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट धधध।लतख।यचन।लउ बाट डाउनलोड गर्न सकिने छ । टेलिभिजनमा राख्ने ब्यक्ति पहिला नै छनोट गरी यो नाटक गरिएको छ ।

दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.npबाट डाउनलोड गर्न सकिने छ ।