जनता टाइम्स

५ आश्विन २०७९, बुधबार १६:३३

उपराष्ट्रपति पनि प्रचण्डकै आदेशपालक, देखाए गुरिल्ला कमाण्डरकै स्वरुप


काठमाडौं, असोज ५ । उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी युद्धकालिन गुरिल्लाकै रुपमा प्रस्तुत हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा जनयुद्ध का सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्डको आदेशमा राष्ट्रपतिबिरुद्ध बक्तब्य जारी गरी उपराष्ट्रपति पुनल संबैधानिक पदमा रहे पनि गुरिल्लाकै झझल्को दिनुभएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भन्नुभएको छ । उहाँले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गर्नुभएको हो ।

संबिधानअनुसार उपराष्ट्रपति वा प्रधानमन्त्रीले राष्ट्रपतिबिरुद्ध बक्तब्यवाजी गर्न पाउँदैनन । तर आज प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतमा बक्तब्य जारी गरेलगत्तै प्रचण्डको निर्देशनमा उपराष्ट्रपतिले पनि राष्ट्रपतिबिरुद्ध बक्तब्यवाजी गर्नुभएको हो ।

“पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भन्नुभएको छ, “संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।”

सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उहाँले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहो¥याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गर्नुभएको छ ।