जनता टाइम्स

५ आश्विन २०७९, बुधबार १६:३६

आँखा र कानको विशेषज्ञ उपचार अब नलगाडमै


सुर्खेत, ५ असोज । जाजरकोटको नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएको छ । नगरपालिकाले आज औपचारिक कार्यक्रम आयोजना गरी आँखा र कानसम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।

सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको उपचार सेवा प्रवाह गर्दै आएको थियो ।