दैलेख, ५ असोज । दैलेखको छामघाट खोलामा बगेर दुई जनाको मृत्यु भएको छ। बुधबार महाबु गाउँपालिका-३ मा पर्ने छामघाट खोलामा बगेर दुई जनाको मृत्यु भएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको महाबु गाउँपालिका–३ का अन्दाजी ४८ वर्षीय कृष्णबहादुर बुढा र भैरवी गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय लिलाबहादुर थापाको खोलामा बगेर मृत्यु भएको हो।उनीहरू गाई तार्ने क्रममा बगेको प्रहरीले जनाएको छ।
भैरवी गाउँपालिका–२ ढाडेमेलीबाट बगेका उनीहरू भैरवी गाउँपालिका १ रावतकोटमा फेला परेका हुन्।













प्रतिक्रिया दिनुहोस्