काठमाडौं, , ५ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशप्रति टिप्पणी गर्नुभएको छ । केही दिनअघि उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध ‘स्टे अर्डर’ दिएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको हो ।
‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’
टुकुचामाथि संरचना बनाएर व्यवसाय गरिरहेका केही व्यवसायीले उच्च अदालत पाटनमा महानगरको गतिविधिविरुद्ध अन्तरिम आदेश माग गर्दै निवेदन दिएका थिए ।













प्रतिक्रिया दिनुहोस्