जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार २०:५३

नेपालमा साउनयता मात्रै डेंगुबाट २५ जनाको मृत्यु


काठमाडौं, ६ असोज । डेंगु संक्रमणबाट नेपालमा साउनयता मात्रै २५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाले ज्यान गुमाएका छन् । यस्तै १९ हजार ७६६ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १९ हजार ७६६ जनामा डेंगु पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ। यस्तै, लुम्बिनीमा २ हजा ७ सय ८, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४ ,गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ। त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाएका छन् ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।