जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार ०७:३९

नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ


जाजरकोट, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका– ६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले जानकारी दिनुभयो ।

नेकपा (बहुमत) का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले भने विज्ञप्ति प्रकाशित गरी योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् ।