जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १९:१६

यति गम्भीर बिषयमा किन बोल्दैनन माधव नेपाल ?


काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका तात्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजना र माधव नेपालको सहयोगमा जननेता मदन भण्डारीको हत्या भएको खुलासा कोइरालाकै सहयोगी उमेश गिरीले गर्नुभयो । चर्चित नेता एवं ७० बर्षको उमेर पुगेका गिरीले किटानी गरेरै कोइरालाले मदन हत्याको योजना बनाएको सार्वजनिक गर्नुभयो ।

हिमशिखर टेलिभिजनमा पत्रकार धर्मराज ढकालसँगको अन्तवार्तामा गिरीले किटानीसहित भन्नुभएको छ, ‘म एक्लो साँक्षी हुँ, गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या गरियो ।’ गिरीले यस बिषयमा तात्कालिन समयमै जयप्रकाश गुप्तासँग कुरा गरेको तर गुप्ताले यस बिषयमा केही नबोल्न सुझाएको भन्दै अर्काे साँक्षीसमेत दिनुभएको छ ।

गिरीको यति गम्भीर कुरा खोल्दासमेत नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं एमालेका तात्कालिन नेता माधव नेपालले केही जवाफ फर्काउनु भएको छैन । मदनको हत्यापछि नेपाल नै एमालेको महासचिव बनेर १५ बर्ष एकपत्र राज गर्नुभएको थियो ।

पुराना नेता एवं गिरिजाप्रसादका निकट सहयोगी उमेश गिरीले तत्कालीन एमाले महासचिव मदनको हत्या नै भएको भन्दै हत्या योजना र घटना विवरण सार्वजनिक गर्नुभएको छ ।उक्त हत्यामा गिरिजाले योजना बनाएको र माधव नेपाल, समाजवादीकै नेता तत्कालीन एमाले नेता झलनाथ खनाल र अहिले नयाँ अभियानमा लाग्नुभएका तत्कालीन एमाले नेता बामदेव गौतमले सहयोग गरेको ठोकुवा गिरीको छ ।

गिरीले माधव नेपाल लगायतले मदन भण्डारी हत्याको प्रमाण नष्ट गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराइहरूले भण्डारीलाइ खोलामा हाल्ने चालक अमर लामाको हत्या गरेको पनि जिकिर गर्नुभएको छ ।

पढनोस यो समाचार अनि सुन्नोस गिरीको भिडियो

उमेश गिरीको खुलासा : गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या गरियो (भिडियोसहित)

विराटनगरको कोइराला निवासमा मदनभण्डारीको हत्या योजना बनाइएको र त्यसमा गिरिजाका भाउजु नोना कोइरालाको समेत संलग्नता रहेको गिरीले बताउनु भएको छ । हत्याको बारेमा आफूले जानकारी र क्लुहरू पाएर पनि आफ्नो पनि हत्या हुने डरले यसअघि यस विषय बाहिर ल्याउन नसकेको गिरीको भनाई छ ।

आफ्नो जीवनको उत्तरार्धमा भने सत्य बताउन चाहेको भन्दै गिरीले मदन भण्डारीको हत्याबारे आफ्नो धारणा राख्नुभएको छ । मदन भण्डारी बाँचिरहँदा नेपालमा कांग्रेस सिद्धिने त्रासले गिरिजाले हत्या गराएको उहाँको दाबी छ । गिरी कोइरालका अत्यन्तै निकटमा व्यक्ति मानिन्छन भने कोइराला परिवारकै नातेदारसमेत हुुनुहुन्छ । मदनको हत्यामा किटानी आरोप लाग्दासमेत माधव नबोल्नुलाई निकै रहष्यमय मानिएको छ ।