जनता टाइम्स

८ आश्विन २०७९, शनिबार २०:५२

१० बुँदे सहमति गर्दै डा. केसीले तोडे अनशन ( यस्तो भयो सम्झौता)


काठमाडौं, ८ असोज । अनशनरत डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमती भएको छ। सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । डा केसीका सहयोगी प्रितम सुवेदीका अनुसार १० बुँदे सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने सम्झौता भएको छ।

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ । पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिनुभएको छ । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गनुभएको थियो ।