जनता टाइम्स

९ आश्विन २०७९, आईतवार ०६:५८

देशका विभिन्न ठाउँमा ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह


काठमाडौं, ९ असोज । देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ ।अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।