जनता टाइम्स

९ आश्विन २०७९, आईतवार ०९:२४

गृहजिल्ला झापा आउँदै ओली, यस्तो छ कार्यक्रम


झापा, असोज ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजगृह जिल्ला झापा आउनेहुनु भएको छ ।

प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष ओली गृहनगर दमक आउन लाग्नु भएको हो । थापाका अनुसार उहाँ आज विहान ११ बजे भद्रपुर अवतरण गरेर मध्यान्ह १२ बजे दमकको कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

कार्यक्रम दमक स्थित कस्मिक पार्टी प्यालेसमा हुनेछ । अध्यक्ष ओली आज दमकमै बस्नुहुनेछ । यहाँ आन्तरिक भेटघाट र चुनावी रणनीतिका बारेमा नेताहरुसँग छलफल तथा परामर्श गर्ने तयारी छ ।