जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १४:३३

सभामुख र उपसभामुखलाई सर्वोच्चको कारण देखाउ आदेश


काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले सभामुखअग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिनुभयो ।

दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गर्नुभएको हो ।