जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १७:४९

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने


काठमाडौं, ९ असोज । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।