जनता टाइम्स

९ आश्विन २०७९, आईतवार २३:५६

एक्कासी राती स्टासटस लेख्दै सन्दीप लामिछाने यस्तो भने


काठमाडौं, ९ असोज । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेका कारण स्वदेश फर्कन नसकेको बताएका छन्। साथै ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताउनुभएका छ । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उहाँले आफ्नो नाउँमा वारेन्ट जारी भएको समाचार र आफूविरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मानसिक रुपमा विक्षिप्त बनाएको बताउनुभएको हो ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएको भन्दै उहाँले गुनासो गर्नुभएको छ। भक्तपुरमा घुमाउन लगेर मध्यरात काठमाडौँस्थित एक होटेलमा उनले पटक पटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो। त्यसपछि उहाँले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै आफू निर्दोष रहेको र कानुनको सम्मान गर्दै नेपाल आउन लागेको बताउनुभएको छ।तर हालसम्म सम्पर्कविहीन हुनुहुन्छ ।

उनी नफर्किएपछि प्रहरी अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवरजस्ती गरेको भन्दै किशोरीले जाहेरीमा उल्लेख गरेको छ ।नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ। राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई करणी गरेको उनले बताएकी छन्।