हेटौंडा, असोज १० । नेकपा एकिकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य एवम राष्ट्रिय प्रतिनिधि परिषदकी सदस्य मनिला विष्टसहित २३ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।
मनहरी गाउँपालिकामा आज भएको कार्यक्रममा एमाले नेता डोरमणी पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, जुनेली श्रेष्ठ सहितको टोलीले विष्टसहित २३ जनालाई एमालेमा स्वागत गर्नुभयो ।
प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु बालमुकुन्ढ ढकाल, शिशुपाल बस्नेत, बासु पौडेल, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्तौलासहित २३ जना रहनुभएको एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुबेदीले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्दै विष्टले अब फुटेर हैन जुटेर पार्टी निर्माण गर्दै देशको नेतृत्व लिने समय आएकोले आफूहरु एमाले फिर्ता भएको बताउनु भयो ।
स्थानीय तहको निर्वाचन परिणामले पनि सोही सन्देश दिएको भन्दै एकिकृत समाजवादीमा अन्य राजनीतिक दल हाबी भएको आफुहरुले बुझेको उहाँको भनाई छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी विष्ट २०७९ को स्थानीय निर्वाचनमा एकिकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएपनि पराजित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्