जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १०:२१

काठमाडौं महानगरले उपमेयरको नेतृत्वमाथाल्यो बजार अनुगमन


काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले आजबाट पर्व लक्षित बजार अनुगमन सुरू गरेको छ। मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।

बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो। संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो।