जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १७:५३

भोलीदेखि निर्वाचन आचारसंहिता लागू


काठमाडौं, ११ असोज । निर्वाचन आयोगले भोलीदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले भोलिदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भन्नुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।