जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १८:०६

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत


भक्तपुर, ११ असोज । भक्तपुरमा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई आज पक्राउ गरेको छ ।

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।