जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १९:२८

डा. चिनबहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त


काठमाडौं, ११ असोज । डा. चिन बहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।

पुन २०५१ सालबाट क्यान्सर अस्पताल भरतपुरमा कार्यरत हुनुहुन्थ्यो । यस्तै २०७१ वैशाखदेखि २०७४ बैशाखसम्म बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुनुहुन्थ्यो।

यसैगरी मन्त्रिपरिषदको बैठकले डा विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ ।