जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार २१:५३

सिलौटाले हिर्काएर महिलाको हत्या, श्रीमान पक्राउ


काठमाडौं, ११ असोज ।  धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका (६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।हत्या आरोपमा उनका श्रीमान रेविया सदालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार अपराह्न ४ बजे श्रीमान रेवियाले मादक पदार्थ सेवनको नशामा सिलौटा प्रहार गरी श्रीमती आशाको हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उनलाई घटनाको केही समय पश्चात् पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्न प्रयोग गरिएको सिलौटा र वियरको बोतल बरामद गरि ज्यानसम्बन्धी कसुरमा म्याद थप गरि थप अनुसन्धान गरिरहेको डीएसपी क्षेत्रीले जानकारी दिनुभयो ।