जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार २२:५९

सुत्ने बेलामा गर्नै हुँदैन यो गल्ती


काठमाडौं, ११ असोज ।यदि तपाइँ सुत्नु अघि स्मार्ट फोन वा ट्यावलेट वा अझ ल्यापटपमै कुनै सामग्री इ– बुक पढ्ने बानी छ भने यो हानिकारक छ । यस्तो बानी निद्रा र स्वास्थ्य दुवैलाई घातक हुने एक अध्यनले देखाएको छ ।

शोधकर्ताहरुले यस्तो बानी भए तत्काल हटाउन समेत चेतावनी दिएका छन् । हार्वर्ड मेडिकल स्कूलका चिकित्सकहरुले शोधपछि यस्तो चेतावनी दिएका हुन् । शोधकर्ताहरुले इ(बुक पढ्ने बानी भएकाहरु निद्रामा समस्या हुने र विहान सम्म थकित हुने गरेको पाए । तर मधुरो प्रकाश भएका इबुक पढ्दा भने त्यस्तो समस्या नहुने उनीहरुको भनाइ छ ।

स्मार्टफ़ोन, ट्यावलेट र एलईडी प्रकाशले मानव शरीरमा नकारात्मक प्रभाव पार्ने र थकानको महसुस हुने अध्यनको निष्कर्ष छ । यस्तो प्रकाशले निदाउनका लागि आवश्यक पर्ने हारमोन ‘मेलाटफनिन’ बन्न रोक्ने र यसले निद्रामा गढबढी उत्पन्न हुने अध्यनको निष्कर्ष छ । यो शोध नेशनल एकेडमी अफ़ साइन्सेज़ जर्नलमा प्रकाशित छ ।