जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार १८:४६

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश


काठमाडौं, १२ असोज । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याउनु भएको हो ।
चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

आगामी निर्वाचनमा सर्लाही–४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएको स्रोतले जनाएको छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक सिंह सिफारिसमै परेका छैनन् ।