जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १३:४९

प्रेस चौतारीका बिदेश बिभाग प्रमुख रिजालसहित तीन पत्रकार सम्मानित


काठमाडौं, असोज १३ । चन्द्रलोक प्रतिष्ठानले बिभिन्न बिधामा उल्लेख्य योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ । बुधबार पर्यटन बोर्डको हलमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान गर्नु भएको थियो ।

चन्द्रलोक प्रतिष्ठानले प्रेस चौतारी नेपालका बिदेश बिभाग प्रमुख तथा न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल लगायत बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

उक्त सम्मानबाट जनता टेलिभिजनका सम्पादक टंक पन्त, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा लगायतका ब्यक्ति सम्मानित हुनु भएको थियो । संस्थाका अध्यक्ष सीताराम कार्कीले बिभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तिलाई सम्मान गर्न पाएकोमा आफु हर्षित भएको बताउनु भयो ।