जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १८:०४

आज डेंगुबाट थप दुई जनाको मृत्यु


काठमाडौं, १२ असोज । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएको हो ।

योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । सँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।