जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १२:१३

पार्टीभित्र ठुलो विद्रोह गर्नुपर्ने अवस्था छ : गगन थापा


काठमाडौं, असोज १४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र ठुलो विद्रोह गर्नुपर्ने अवस्था रहेको बताउनुु भएको छ । महामन्त्री थापाले नेपालका राजनीति दलको उद्देश्य चुनाव लड्ने र सत्तामा पुग्ने मात्र भएको भन्दै बिद्रोहको आवश्यकता औल्याउनु भएको हो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टी पार्टी जस्तो नभएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो त्यो उद्देश्यका साथ अघि बढ्न नसकेको भन्दै थापाले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस पार्टी भित्र ठुलो असन्तुष्टि रहेको उहाँले सुनाउनुभयो । यसको लागि नयाँ विद्रोह आवश्यक रहेको उहाँले बताउनुभयो । ‘आफ्नै पार्टी भित्र ठुलो सुद्धिकरण गर्ने बेला आएको छ, आफ्नै पार्टी भित्र ठुलो विद्रोह गर्नुपर्ने अवस्था छ’, थापाले भन्नुभयो ।

थापाले आफूले निराशाका कुरा गरेको नभई अहिलेको अवस्था नै यस्तो रहेको बताउनुभयो । तर युवाहरू कांग्रेसमा प्रवेश गरेकाले आफूलाई उत्साह थापाको उहाँले बताउनुभयो ।

कांग्रेस र आफूप्रति भरोसा गरेर कांग्रेस पसेका युवाको भावनालाई आफूले मर्न नदिने थापाको भनाई थियो ।