काठमाडौं, १४ असोज । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ ।
माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि जितेका क्षेत्रहरु यथावत राख्ने गरी मात्र भागबण्डा मिलाउन शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ । त्यसो नगरिए परिणाम अनपेक्षित हुने समेत चेतावनी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्