जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार ११:५०

रक्षक गौतमले छोडे आर्मी


काठमाडौं, असोज १५ । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडनु भएको छ । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिनुभएको हो ।

गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेल्नुभएका थियो । त्यस अघि उहाँ जावलाखेल युथ क्लबमा आवद्ध हुनुहुन्थ्यो । आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेल्नुभएका थियो । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जित्नुभएको छ ।

गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताउनु भएको छ । ‘व्यक्तिगत कारण आर्मी छोडेको हो,ु गौतमले भन्नुभयो, ‘भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।’ ११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते हुनुभएको थियो । जसका कारण उहाँ टोली बाहिर रहनु परेको थियो ।