जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १४:२४

आन्दोलनकारीद्वारा प्रहरी प्रमुखको गोली हानी हत्या, इरानमा दन्किदैं हिजाब विरोधि आन्दोलन


एजेन्सी, १५ असोज । इरानमा २२ वर्षीया मेहसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको हिजाब विरोधी अभियान देशभर फैलिएको छ । जताततै हिंसात्मक प्रदर्शनमा धेरै मानिसको मृत्यु भएको छ ।

बन्दुक बोकेका प्रदर्शनकारीले प्रहरीलाई पनि निशाना बनाएका छन् । इरानको धार्मिक प्रहरी प्रमुखको शुक्रबार गोली हानी हत्या गरिएको छ । इरानमा हिजाब विरोधी प्रदर्शनले अयातोल्ला अली खोमेनीको सरकारलाई हल्लाएको छ।

हिजाब नलगाएको अभियोगमा मेहसा अमिनीको गिरफ्तारी र त्यसपछि प्रहरी हिरासतमा मृत्युले देशमा नयाँ तरंग मच्चाएको छ । देशका धेरै ठाउँमा जनताले हिंसात्मक प्रदर्शन गरिरहेका छन् । सामाजिक सञ्जालमा हिजाब विरोधी अभियान चलिरहेको छ । विश्वका धेरै सेलिब्रेटीहरुले सार्वजनिक रुपमा कपाल काटेर सरकारको बिरोध गरेका छन् ।

यस प्रदर्शनको बीचमा, शुक्रबार इस्लामिक रिभोलुसनरी गार्डको सिस्तान र बलुचिस्तान प्रान्तका गुप्तचर प्रमुख अली मौसावीलाई प्रदर्शनकारीहरूले गोली हानी मारेका थिए । मौसावी इरानका धार्मिक प्रहरी प्रमुख थिए । धार्मिक प्रहरीले हिजाबलगायत शरिया कानूनको नाममा देशमा ल्याइएका नियमहरू लागू गर्छन् ।

इरानको अर्ध(आधिकारिक सरकारी एजेन्सी तस्नीमले सिस्तान्–बलुचिस्तान प्रान्तमा आईआरजीसीको गुप्तचर इकाईका प्रमुख कमाण्डर अली मौसावीलाई जाहेदान सहरमा बन्दुकधारीहरूले छातीमा गोली हानेको बताएको छ । बन्दुकधारीहरू सरकार विरुद्ध हिजाब विरोधी अभियानको हिस्सा हुन् ।