जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १६:०१

क्यानडामा १६ वर्षपछि डाक्टरको अभाव : इमर्जेन्सीमा पनि १०० देखि १२५ घण्टा कुर्दै


एजेन्सी, १५ असोज । क्यानडामा चिकित्सा प्रणाली बिग्रन थालेको छ। आकस्मिक चिकित्सामा संकट छ । बिरामीले उपचारका लागि सयदेखि १२५ घण्टा कुर्नुपर्ने अवस्था छ । ट्रमाका बिरामीले पनि चार दिन कुर्नुपर्ने भएको छ ।

क्यानडामा स्वास्थ्यकर्मीको ठूलो अभाव छ। प्राथमिक उपचारबाट निको हुन सक्ने बिरामी पनि हेरचाहको अभावमा बिरामी पर्ने अवस्था छ । क्यानडामा लगभग ७५०० डाक्टरको अभाव छ । ओन्टारियोका आकस्मिक चिकित्सक डा. रघु वेणुगोपालले यो सबै राजनीतिक पनि भएको बताउँछन् ।

उनले भने– ओन्टारियोमा कर्मचारी अभावका कारण २० भन्दा बढी आपतकालीन विभागहरू बन्द भएपछि पनि स्वास्थ्य मन्त्री भन्छन् यो संकट होइन। यसो भन्नु अन्याय हो ।

स्वास्थ्य बजेट बढाउने प्रस्ताव
क्यानेडियन मेडिकल एसोसिएसन (सीएमए) ले पनि यसलाई राष्ट्रिय संकट भनेको छ । यसैबीच प्रदेशका नेताहरुले पनि यस विषयमा आवाज उठाएका छन् ।
जुलाईमा बसेको मन्त्रीहरुको बैठकमा स्वास्थ्य बजेट २२ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याउने प्रस्ताव पेश भएको थियो तर यी सबैमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो वर्ष स्वास्थ्यका लागि ३.७० लाख करोड रुपैयाँ सकारात्मक नतिजा हेर्न चाहेको बताएका छन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विगतका सरकारको अत्यधिक लगानीका कारण आवश्यक सुधार हुन नसकेको बताए । स्वास्थ्य मन्त्री जीन–यवेस डुक्लोस निरन्तर सुधारको कुरा गरिरहेका छन् ।

वर्तमान सरकारले सत्तामा आएपछि सबै प्रदेशमा २.६२ लाख करोड रुपैयाँ लगानी गर्ने वाचा गरेको थियो । जसमा ७५ सय नयाँ फेमिली डाक्टर र नर्स नियुक्ति गरिने भएको छ ।

२००६ पछि पहिलो पटक आपतकालीन वार्ड बन्द गर्ने अवस्था
यसबारे स्वास्थ्यमन्त्रीलाई प्रश्न सोध्दा उनी जवाफ नदिई हिँडेको पत्रकारको आरोप छ । २००६ पछि पहिलो पटक क्यानाडामा यस्तो अवस्था आएको छ जब आपतकालीन वार्डहरू पनि बन्द गर्र्नु पर्ने अवस्थामा छ । अवस्था यस्तो छ कि सामान्य आकस्मिक सेवाहरू कहिले एक रात र कहिले पूरै सप्ताहन्तमा बन्द गर्नु पर्छ ।

ओन्टारियोको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्रमा, नर्सहरूको गम्भीर अभावका कारण १६ आपतकालीन विभागहरू बन्द गर्नुपरेको थियो । न्यूफाउन्डल्याण्ड र ल्याब्राडोरमा, तीन लाख भन्दा बढी जनसंख्या भएको एकमात्र सामुदायिक अस्पताल जुलाई १ देखि अगस्त २९ सम्म बन्द रह्यो ।

स्वास्थ्य मन्त्री जीन–यवेस डुकोलेसले गत महिना प्रमुख नर्सिङ अफिसरको पदमा पुनर्स्थापनाको घोषणा गरे । यो पद सरकारले १० वर्षअघि खारेज गरेको थियो ।

स्वास्थ्यकर्मीका लागि कोष बढाइँदै छ
यस संकटको सामना गर्न क्यानाडा सरकार र देशका स्वास्थ्य अधिकारीहरूले विदेशबाट नर्सहरूलाई बोलाउने र हालै अवकाश प्राप्त नर्सहरूलाई पुन ः रोजगारी दिने प्रयास गरिरहेका छन्। अधिकांश प्रदेशले आ–आफ्नो तहबाट पहल गरिरहेका छन् । सास्काचेवान प्रान्तले स्वास्थ्यकर्मीहरूको लागि कोष बढाएको छ। यसमा नयाँ डाक्टर, नर्स र अन्य मेडिकल कर्मचारी भर्ना गरिनेछ।