जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार २०:५७

दाङको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते


दाङ, १५ असोज । दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । लमहीरघोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।