जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार २१:०१

त्रिभुवन विमानस्थलको पाँच किलोमिटर वरपर ड्रोन उडाए कारबाही


काठमाडौं, १५ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।

विमानस्थलको पाँच किलोमिटर क्षेत्र भित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्नरनगराउन प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन जानकारी गराएको छ । यदि यस सूचनाको अटेर गरेमा कानुन अनुसार कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।

ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको वरपर ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समय यता यस नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेकोले ड्रोन उडाउन बन्द गर्नका लागि सूचना जारी गर्नु परेको प्राधिकरणको भनाइ छ ।