काठमाडौं, १६ असोज । कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा आफूहरुको ३५ प्रतिशत नेताहरू समावेश गरेको दाबी गरेका छन् । ११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।
तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । कोइराला पक्षका एक नेताले नाम उल्लेख नगरी भन्नुभयो,‘पहिल्यै १२–१३ जनाको नाम समेटिएको छ, त्यसपछि ३५ प्रतिशत फाइनल भएको हो ।’













प्रतिक्रिया दिनुहोस्