जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार ११:५४

न्युरोड क्षेत्रमा लगाइएको सवारीसाधन प्रवेश रोक हट्यो


काठमाडौं, १६ असोज । न्युरोड क्षेत्रमा गरिएको सवारीसाधनको ड्राइभर्सन खुला गरिएको छ । चाडपर्वको समयमा किनमेल गर्ने मानिसको भीडभाड बढेका कारण काठमाडौंको न्युरोड क्षेत्रमा केही दिनदेखि सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो ।

मानिसको भीडभाडका कारण न्युरोड गेट, कमलाक्षी, भोटाहिटी र इन्द्रचोकबाट सवारीसाधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो ।

न्युरोड क्षेत्रमा भीडभाड कम भएपछि सवारी ड्राइभर्सन हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हाल उक्त स्थानमा जाने मानिसको सुविधालाई मध्यनजर गरी खुलामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।