जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १२:३६

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजदेखि १२ बजेसम्म मात्रै कोरोना परीक्षण हुने


काठमाडौं, १६ असोज । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आजदेखि २१ गतेसम्म बिहान ९ देखि १२ बजेसम्म मात्रै कोभिड १९ परीक्षणका लागि बिलिङ तथा स्वाब संकलन हुने भएको छ ।

स्वाब नमुनाको रिपोर्ट भने दिउँसो १२ देखि १ बजेसम्म लिन सकिने प्रयोगशालाले जनाएको छ । यसबाहेक अन्य सबै परीक्षण असोज २३ गतेदेखि मात्रै गरिने प्रयोगशालाले जनाएको छ ।