जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १५:४३

योगेश भट्टराईलाई मन्त्री : फेरि प्रमाणित भयो बाचा पूरा गर्ने प्रधानमन्त्री ओलीको कार्यशैली


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा युवा नेता योगेश भट्टराईलाई नियुक्त गरी चुनावी सभामा बोलेको बाचा पूरा गर्नुभएको छ ।

गत निर्वाचनमा ताप्लेजुङमै पुगेर योगेशलाई मन्त्री बनाउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त गरी बोलेको कुराबाट कहिल्यै पछि नहटने आफ्नो ब्यवहार देखाउनु भएको हो । ‘तपाईहरु योगेश भट्टराईलाई भोट दिएर जिताएर पठाउनोस, म मन्त्री बनाएर पठाइ दिन्छु,’ चुनावी सभामा तात्कालिन एमालेका अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभएको थियो ।

उहाँको सो भनाईलाई पहिलो पटक मन्त्रीमण्डल गठन गर्दा नपरेपछि ओलीले बोलेको पूरा गरेनन भन्दै आलोचना गरिएको थियो । बोलेको कुराबाट कहिल्यै पछि नहटने ओलीले आज भट्टराईलाई मन्त्री नियुक्त गरी जे बोल्छु, त्यो पूरा गरेरै छाडछु भन्ने प्रष्ट जवाफ दिनुभएको छ । बिद्यार्थी राजनीतिबाट उदाएका नेकपाका स्थायी समिति सदस्य भट्टराई पछिल्लो समय ओली सरकारको प्रवक्ताकै जसरी भुमिका निर्वाह गर्नुभएको थियो ।

आफूले पाएको जिम्मेवारीलाई जतिसुकै कठोर र चुनौतीपुर्ण एवं जोखिमयुक्त भएपनि पूरा गरेरै छाडने शैली भएकै कारण प्रधानमन्त्री ओलीले भिजिट नेपाल २०२० सुरु हुन ५ महिना मात्रै बाँकी रहँदा पर्यटन मन्त्रीको चुनौतीपुर्ण जिम्मेवारी सुम्पनु भएको हो ।