काठमाडौं, साउन १५
नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिनु भएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङका सांसद भट्टराईलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्