जनता टाइम्स

१९ आश्विन २०७९, बुधबार ०९:२६

एनआरएनए अमेरिकाद्वारा भर्जिनियामा कार्यालय खरिद


अमेरिका, १९ असोज । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएनए एनसिसि अमेरिका) ले आफ्नो मुख्यालय स्थापना गर्न भर्जिनियाको फेयरफ्यासमा कार्यालय खरिद गर्दै औपचारिक रुपमा सम्पत्ति आफ्नो नाममा नामसारी गरेको छ । नेपालीहरुको महान चाड बडादसैँको नवौ दिन महानवमीको शुभ साइतमा अक्टोबर ४ मा आफ्नै कार्यालयमै सार्वजनिक रुपमा सम्पत्ति नामसारी गर्न सफल भएको छ । नामसारी गर्दै इतिहास कोर्न सफल भएको छ ।

८० भन्दा ज्यादा राष्ट्रिय समन्वय समिति मध्ये आफ्नै सम्पत्ति आफ्नै नाममा नामसारी गर्दै भावी नेतृत्व र भावी पुस्ताको लागि सम्पत्ती जोडी दिएको छ । भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा अवस्थित उक्त एनआरएनए अमेरिकाको कार्यालय अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिक रहेको छ । आज नामसारी गर्नुको साथै २ लाख ८८ हजार डलरको धनादेश (चेक) हस्तान्तरण गर्दै एनआरएन एनसीसीका अध्यक्ष बुद्धि सुबेदीले चाबी प्राप्त गर्नुभएको छ ।

सबै रकम चुक्ता भएको छ । अब भावी नेतृत्व तथा पुस्ताको थाप्लोमा कुनै ऋणको बोझ पर्ने छैन । १५ सय स्क्वायरको क्षेत्र रहेको उक्त सम्पत्तिमा ५ वटा कोठाहरु रहेका छन् । साथै ६० जना सम्मको बैठक गर्न सकिनेछ । सम्पतीको नामसारी गर्ने कार्यकम महानवमी पर्वमा पनि बिभिन्न राज्यहरुबाट पदाधिकारीहरु आउनुभएको थियो । यस भवनको पहिलो तलामा एनआरएनए एनसीसी अमेरिकाको आफ्नो स्थायी कार्यालय आजैको मिति देखि प्रारम्भ भएको छ ।

एनआरएन एनसीसी अमेरिकाको कार्यालयको लागी स्थायी थलो खरिद गर्न अथक मेहनत गर्ने सामाजिक अभियन्ता तथा घरखरिद तथा बिक्री अभिकर्ता (रियल्टर) राम मिश्र ,एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सूबेदी, वरिष्ठ उपाध्यक्ष तथा कार्यालय खरिदका संयोजक कृष्णजीबी पन्थ, कोषाध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष सुमन थापा, आईसिसिका सचिव राजन त्रीपाटी, उपाध्यक्ष दिलू पराजुली, सचिव अनुप खनाल, अभियानका बिशेष व्यक्तिहरु र सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो ।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सूबेदी, वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, कोषाध्यक्ष राजीव श्रेष्ठलगायत सबैले कार्यालय खरिद गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो । यो सम्पत्ति सबैको लागि प्रेरणाको स्रोत भएको भन्दै भवन सानो भयो की भन्ने सुझावहरुसमेत आएकोले अहिले संस्थालाई आर्थिक भार दिन नहुने भनेर समितिको सिफारिसमा यसैलाई रोजेको अध्यक्ष सुबेदीले बताउनुभयो । यसैगरि वरिष्ठ उपाध्यक्ष पन्थले यो एउटा अभियान भएको भन्दै कसैले सानो मन गर्न नहुने पनि बताउनुभयो ।

उहाँले भावनाको कार्यालयमा जोडिन सबैलाई आग्रह गर्नुभयो । कोषाध्यक्ष राजीव श्रेष्ठले ३ महिनादेखि अहोरात्र खटेको हुनाले खरिद गरेपछि आज राहत भएको महसुस गरेको सुनाउनुभयो । आईसिसिका सचिव राजन त्रीपाटीले यस अभियानमा जोडिने र घर खरिद तथा बिक्रि अभिकर्ता (रियल्टर) राम मिश्रले अहोरात्र खटिइ काम गरेकोमा सबैलाई धन्यबाद दिदै उहाँको प्रशंसा गर्नुभयो । उहाँले हाम्रो भन्ने अभियान चलाएर खरिद गर्न सफल भएकोमा सबैलाई बिशेष धन्यवाद दिनुभयो ।