जनता टाइम्स

१९ आश्विन २०७९, बुधबार ०९:४०

कुन देशमा कतिबेला छ टीकाको उत्तम साइत ?


काठमाडौं, १९ असोज । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

विभिन्न देशमा रहेका नेपालीलाई दसैँको टीका कति बेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको हो ।

समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।