जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार १२:३३

पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता


जुम्ला, २२ असोज । अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पाँच जनाको मृत्यु भएको छ ।

पहिरोमा दुई जना बेपत्ता भएको र दुई जनाको जिवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लाका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएपछि यात्रुहरूको पनि बिचल्ली भइरहेको छ ।