जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार १७:५४

बल्ल आज छाडे सभामुख सापकोटाले सरकारी निवास, अब आफ्नै निवासमा बस्ने


काठमाडौं, २१ असोज । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाड्नुभएको छ । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सर्नुभएको छ । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गर्नुभएको छ । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गर्नुभएको थियो ।