काठमाडौं, २३ असोज । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । रौतहट १ बाट उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।
संबिधानसभा निर्वाचनमा बबन सिंहसँग सर्मनाक हार बेहोरेपछि माधव रौतहटबाट चुनाव लडन छाडनु भएको थियो । उहाँ गठबन्धन बनेपछि पुनः रौतहट फर्कनुभएको हो ।
लामो समय पार्टी सत्तामा रहनुभएका माधवले रौतहटका लागि भने सिन्कोसम्म नभाँचेको आा्रोप छ ।













प्रतिक्रिया दिनुहोस्