चितवन, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले चितवन २ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाउनुभएको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्