जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १८:१५

लक्ष्मण थारुले वारेस्नामामार्फत गरे उम्मेदवारी दर्ता


धनगढी, २३ असोज । कैलाली क्षेत्र नम्बर–५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत थारूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

थारूका प्रस्तावकसमेत रहेका बुन्दीलाल थारूले उम्मेदवारी दर्ता गराउनु भएको हो । नागरिक उन्मुक्तिका तर्फबाट कैलाली–५ को प्रदेश सभा (क) मा श्रीराम चौधरी र प्रदेश सभा (ख) मा गोठु चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

लक्ष्मण चौधरी टिकापुर घटनाको अभियुक्त हुन् । उनी सरकारको फरार सूचिमा छन् ।