जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार २१:४६

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार


गोरखा, २३ असोज । गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।

नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याइएको जनाइएको छ । अहिले उहाँको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।