जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १३:३१

सावधान ! चार्जमा राखेर मोवाइल खेल्दा ज्यान जान्छ, मोरङमा लियो एक बालकको ज्यान


विराटनगर, साउन १६ । तपाई वा आफ्ना बालबालिकालाई मोवाइल चार्जमा राखेर गेम खेल्न दिने गर्नुहुन्छ ? यदी त्यस्तो गर्नुहुन्छ भने सावधान ! मोरङमा चार्जमा राखेर मोवाइल चलाउँदा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

प्रहरीका अनुसार मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको मृत्यु भएको छ । राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताउनुभयो ।

डीएसपी खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको हो । चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्‍कासी करेन्ट लागेको पाइएको प्रहरीको भनाई छ । उनले बताए।

डिएसपी खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्‍कासी छट्पटाउन थालेपछि बुवाआमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरे पनि ज्यान जोगाउन सकेनन ।