जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १८:४०

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा


काठमाडौं, २६ असोज । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाउनभएको छ । उहाँलाई निर्वाचन आयोगले आज माछा चुनाव चिन्ह दिएको हो ।

कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको भन्दै उहाँ बागी उम्मेदवार बन्नुभएको थियो ।

कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उहाँ कांग्रेस सर्लाहीका पूर्वसभापति समेत हुनुहुन्छ । राय २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।